२९ जेठ २०८३, शुक्रबार

१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

बैशाख १, २०८३
काठमाडौं
१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

मोरङमा १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका-१ बानडाँडा बस्ने ४० वर्षीय दिनेश माझी रहेका छन् । उनलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको जनाएको छ । 

दिनेशले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्