
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सका २१ वर्षीय युवा स्पिनर नुर अहमदले महत्वपूर्ण उपलब्धि हासिल गरेका छन् ।
आईपीएलको पछिल्लो खेलमा चेन्नई सुपर किङ्सले कोलकाता नाइट राइडर्सलाई ३२ रनले हराउँदा अफगानिस्तानका खेलाडी नुर अहमदले यस्तो उपलब्धि हासिल गरेका हुन् ।
उनी आईपीएलको इतिहासमा सबैभन्दा कम खेलमा ५० विकेट लिने बलरको सूचीमा पाँचौँ स्थानमा उक्लिएका हुन् । उनले केवल ४२ खेलमा यस्तो उपलब्धि हासिल गरे ।
उनले कोलकाताविरुद्धको खेलमा चार ओभर बलिङ गर्दै केवल २१ रन खर्चिएर तीन विकेट लिए । उनले आईपीएलमा हालसम्म २३.७५ को औसतले कुल ५२ विकेट लिइसकेका छन् । उनले दुईपटक चार–चार विकेट पनि लिएका छन् ।
यसैबीच, चेन्नईसँग हारेसँगै कोलकाताको नाममा एउटा खराब कीर्तिमान पनि जोडिएको छ । कोलकाताले यो सिजन भोगेको यो चौथो हार हो ।
यो सिजन पाँचौँ खेल खेलेको कोलकाताले हालसम्म एक खेल पनि जित्न सकेको छैन । आईपीएलको इतिहासमा पाँच खेल खेल्दासम्म यसअघि कहिले पनि कोलकाता जितविहीन बनेको थियो ।