०७ असार २०८३, आइतबार

अवैध लागूऔषधसहित विमानस्थलबाट एक जना पक्राउ

बैशाख २, २०८३
काठमाडौं
अवैध लागूऔषधसहित विमानस्थलबाट एक जना पक्राउ

अवैध लागूऔषधसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट एक जना पक्राउ परेका छन् ।

विमानस्थलको आगमन टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ८ किलो ५ सय ६० ग्रामसहित भारतीय नागरिक २२ वर्षीय अक्षय कुमार पक्राउ परेका हुन् ।

उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । थाई एयरको उडानद्वारा बैंङककबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो समेतबाट खटिएको प्रहरीले उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्