१० साउन २०८३, आइतबार

ह्वाइट हाउसको 'आशावादी' बयानपछि कच्चा तेलको मूल्य घट्यो

बैशाख ३, २०८३
काठमाडौं
ह्वाइट हाउसको 'आशावादी' बयानपछि कच्चा तेलको मूल्य घट्यो

इरानसँगको नयाँ वार्ताबारे ह्वाइट हाउसको 'आशावादी' बयानपछि बिहीबार अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य थोरै घटेको छ । 

रोयटर्सका अनुसार, ब्रेन्ट क्रूड फ्युचर्स ४४ सेन्ट अर्थात् ०.५ प्रतिशतले घटेर प्रतिब्यारेल ९४.४९ डलर पुगेको हो । 

यसैबीच, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा तेल ७० सेन्ट अर्थात् ०.८ प्रतिशतले घटेर प्रति ब्यारेल ९०.५९ डलरमा पुगेको छ।

तेलको मूल्य घट्दै जाँदा एसियाली शेयर बजार पनि बढेको छ । दक्षिण कोरियाको कोस्पी सूचकांक १.८९ प्रतिशत, हङकङको ह्याङ सेङ ०.६८ प्रतिशतले बढ्यो, जबकि ताइवानको ताइएक्स ०.४८ प्रतिशतले बढ्यो।

salt training

कमेन्ट गर्नुहोस्