
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्काले सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् ।
कांग्रेसले समिति सभापतिमा डोटीबाट निर्वाचित सांसद भरत खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै उनले बिहीबार संसद् सचिवालयमा मनोनयन दर्ता गराएका हुन् ।
खड्कालाई प्रतिपक्षमा रहेका दलहरूले सहयोग गर्ने निर्णयका गरेका थिए ।
यस्तै, रास्वपाले पनि प्रमुख प्रतिपक्षी दललाई लेखा समिति सभापति दिने निर्णय गरेको थियो ।
समिति सभापतिका लागि शुक्रबार निर्वाचन कार्यतालिका तय गरिएको छ ।