१७ असार २०८३, बुधबार

२९ औद्योगिक प्रतिष्ठानमा श्रम मन्त्रालयको अनुगमन, सुधारको निर्देशन

बैशाख ३, २०८३
काठमाडौं
२९ औद्योगिक प्रतिष्ठानमा श्रम मन्त्रालयको अनुगमन, सुधारको निर्देशन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २९ औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानमा अनुगमन गरेको छ ।

मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र र श्रम तथा रोजगार कार्यालयमार्फत अनुगमन गरिएको हो । मातहत कार्यालयबाट २२ र विभागबाट गठन भएका तीन टोलीले सात प्रतिष्ठानमा अनुगमन गरेका थिए । विभागले सरकारी तथा निजी अस्पताललाई प्राथमिकतामा राखेको जनाएको छ ।

अनुगमनका क्रममा श्रम ऐन, नियमावली तथा प्रचलित कानूनको पालना भए नभएको जाँच गरिएको थियो । विशेषगरी न्यूनतम पारिश्रमिक कार्यान्वयन, व्यवसायिक सुरक्षा तथा स्वास्थ्य, बाल श्रमको अवस्था, सामाजिक सुरक्षा कोषमा आवद्धता र नियमित श्रम अडिटको अवस्थाबारे निरीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

अनुगमनका क्रममा केही प्रतिष्ठानमा न्यूनतम पारिश्रमिक लागू नभएको, श्रम अडिट नगरिएको र सामाजिक सुरक्षा कोषमा सूचीकरण नभएको पाइएपछि ती प्रतिष्ठानलाई तत्काल सुधार गर्न निर्देशन दिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्