२६ असार २०८३, शुक्रबार

२२ देशका प्रतिनिधिले गरे भारतको प्रशंसा

बैशाख ४, २०८३
काठमाडौं
२२ देशका प्रतिनिधिले गरे भारतको प्रशंसा

भारतको केरला, असम र पुडुचेरीमा हालै सम्पन्न निर्वाचनमा देखिएको उत्साहजनक मतदाता सहभागिता र व्यवस्थित प्रक्रियाले विश्वको ध्यान खिचेको छ। २२ देशका ३८ अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले यस प्रक्रियालाई प्रत्यक्ष रूपमा अवलोकन गर्दै उच्च मतदान, सावधानीपूर्वक गरिएको योजना र निर्वाचनको सहज कार्यान्वयनको प्रशंसा गरेका छन् । यी प्रतिनिधिहरू निर्वाचन आयोगको 'अन्तर्राष्ट्रिय निर्वाचन आगन्तुक कार्यक्रम २०२६' को हिस्साका रूपमा भारत आएका हुन्।

क्रोएसियाका प्रतिनिधि ब्रानिमिर फर्कासले आफ्नो अनुभवलाई लोकतन्त्रको वास्तविक उत्सवको रूपमा वर्णन गर्दै निर्वाचनलाई ठूलो र व्यवस्थित प्रक्रियाको संज्ञा दिए । नामिबियाका पाउलस शिगवेधाले मतदान केन्द्रहरूमा ह्विलचेयर र शिशु हेरचाह केन्द्र (क्रेच)जस्ता सुविधाहरूको व्यवस्थापनबाट आफू प्रभावित भएको बताए। 

प्रतिनिधिहरूले जिल्ला स्तरका मिडिया अनुगमन केन्द्रहरूको भ्रमण गर्नुका साथै वेबकास्टिङमार्फत भइरहेको निरन्तर निगरानीको सराहना गरे । सिएरा लियोनका अबुबकर महमुद कोरोमाले भारतमा विद्युतीय मतदान मेसिनको प्रयोगलाई उत्कृष्ट भन्दै यसबाट धेरै कुरा सिक्न सकिने र आफ्नो देशमा पनि लागू गर्न सकिने उल्लेख गरे। 

दुई दिने भ्रमणका क्रममा प्रतिनिधिहरूले मतदान सामग्रीको व्यवस्थित वितरण, सुरक्षा प्रबन्ध र पारदर्शिताका लागि स्थापना गरिएका नियन्त्रण कक्षहरूको समेत अवलोकन गरेका थिए।

salt training

कमेन्ट गर्नुहोस्