
राज्य व्यवस्था तथा सुशासन समितिमा पहिलो बैठकको नेतृत्व नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले गरेका छन् ।
ज्येष्ठ सदस्यको हैसियतमा केसीले शुक्रबारको समिति बैठकको नेतृत्व गरेका हुन् । समिति सभापति चयनका लागि बैठक बसेको हो ।
यसअघि केसीले सभामुख चयन नहुँदासम्म सिङ्गो प्रतिनिधिसभाको नेतृत्व पनि गरेका थिए । उनकै नेतृत्वमा बसेको बैठकले सभामुख चयन गरेको थियो ।
यस्तै, शिक्षा समितिको नेतृत्व महावीर पुनले गरेका छन् ।
पूर्वशिक्षामन्त्री समेत रहेका पुनले शुक्रबार बसेको समिति बैठकको अध्यक्षता गरेका हुन् ।
यो समितिको बैठक पनि सभापति चयनका लागि बसेको हो ।
