२१ जेठ २०८३, बिहीबार
एसियाडको तयारीमा आर्या

सानै उमेरमा महिलातर्फ ‘नम्बर १’ पौडीबाज बनेकी महर्जनसँग वार्तालाप

'खेलकुदमा सक्रिय नयाँ पुस्ता इतिहास रच्न आतुर छ '
बैशाख ४, २०८३
काठमाडौं

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको छातामुनि आयोजना हुने, ओलम्पिक, एसियाडजस्ता ठूला प्रतियोगिताको अनिवार्य खेल हो, पौडी ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैभन्दा बढी स्पर्धा समावेश हुने खेल पनि पौडी नै हो ।

नेपालमा पौडी खेलको इतिहास लामो छ । २०३८ सालमा नेपाल पौडी संघको स्थापना भएदेखि नै यो खेलका प्रतियोगिताहरू निरन्तर आयोजना हुँदै आएका छन् ।

नेपालले सन् १९८२ मा आयोजना भएको एसियाली खेलकुदमार्फत अन्तर्राष्ट्रिय पौडीमा आफ्नो यात्रा शुरू गरेको थियो । त्यसपछि सन् १९८४ नेपालले विश्व पौडी प्रतियोगितामा पनि सहभागिता जनायो ।

सोही वर्ष आयोजना भएको दक्षिण एसियाली खेलकुदको पहिलो संस्करणमै कांस्य पदक जितेर नेपाली पौडीले अन्तर्राष्ट्रिय सम्भावनाको ढोका पनि खोल्यो ।

यद्दपि, दक्षिण एसियाली खेलकुदमा पौडीको व्यक्तिगत स्पर्धामा स्वर्ण जित्न नेपालले १३औँ संस्करण (सन् २०१९)सम्म निरन्तर संघर्ष गर्नु पर्‍यो । अहिले पनि ओलम्पिक र एसियाली खेलकुदजस्ता ठूला प्रतियोगितामा सहभागिता जनाउन नेपाली पौडीले ‘वाइल्ड कार्ड’कै भर पर्नुपर्ने अवस्था छ ।

तर, पछिल्लो समय नेपाली पौडीमा युवा र प्रतिभाशाली खेलाडीहरूको चहल–पहल बढेको छ ।

युवा खेलाडीको कठोर परिश्रम, बलियो आत्मविश्वास र फेरिएको प्रशिक्षण शैलीले नेपाली पौडीमा पनि नयाँ आशाको सञ्चार गराएको छ ।

यस्तै एक प्रतिभाशाली युवा खेलाडी हुन्, आर्या महर्जन । सानै उमेरदेखि पौडी पोखरीमा आफ्नो भविष्य खोज्न एकहोरिएकी आर्या महिलातर्फ नेपालको पहिलो वरीयताकी पौडीबाज पनि हुन् ।

आर्याले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्दै अब्बल प्रदर्शन समेत गरिसकेकी छन् ।

पछिल्लो समय उनी सन् २०२६ को सेप्टेम्बर–अक्टोबरमा जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदको तयारीमा व्यस्त छिन् । उनै आर्यासँग लोकान्तरले उनको खेल जीवन, नेपाली खेलकुदको वर्तमान अवस्था र आगामी प्रतियोगिताको तयारीका विषयमा कुराकानी गरेको छ ।

कुराकानीका क्रममा हामीले आर्यासँग पौडी खेल नै रोज्नुको कारण, खेलकुदमा सक्रिय हुँदा परिवारको साथ, अन्तर्राष्ट्रिय प्रतियोगितामा उनको अनुभव, नेपालमा पौडी खेलको भविष्य, खेलकुद विकासमा सरकारको भूमिका, उनको आगामी लक्ष्यजस्ता विषयमा प्रश्न गरेका थियौं ।

आर्याका भनाइ हाइलाइट्स:

० खेलकुदमा सक्रिय नयाँ पुस्ता इतिहास रच्न आतुर छ ।

० पदकका लागि पर्याप्त पूर्वाधार र प्रतियोगिता चाहिन्छ ।

० पदाधिकारीको विवादले खेलाडीको मनोबल गिराउँछ ।

० नयाँ पुस्ता खेलकुदमा आउनु पर्छ, अब हामीले नै खेलकुद सुधार्ने हो ।

० खेलबाट टाढिनु खेलाडीको बाध्यता हो, रहर होइन ।

प्रस्तुत छ, पौडी खेलाडी आर्यासँग गरिएको कुराकानीको सम्पादित अंश :

salt training

कमेन्ट गर्नुहोस्