![सर्वोच्चले भन्यो- गगनकै हस्ताक्षरमा चुनाव लडेर राजनीतिक वैधता पाइसकेको देखियो [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/Gagan_Thapa_NC_3r4DogAXKG.jpg)
नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको रिट खारेज गरेको छ ।
यससँगै, २०८२ पुस २७ देखि ३० सम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले वैधानिकता पाएको छ ।
न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले विशेष महाधिवेशनलाई वैधता दिने क्रममा विभिन्न आधारमा टेकेको छ ।
त्यसमध्ये, एउटा गगन थापाको हस्ताक्षरमा चुनाव लडेको विषय पनि उल्लेख छ ।
'प्रमुख पदाधिकारीको रूपमा गगनकुमार थापाको हस्ताक्षरबाट २०८२ फागुन २१ मा तोकिएको संघीय संसदको निर्वाचनका लागि हुने प्रत्यक्ष निर्वाचनतर्फको उमेदवारको मनोनयन भई निर्वाचनसमेत सम्पन्न भई राजनीतिक वैधता पाई रिट निवेदन गर्दाको अवस्थामा हाल सारभूत परिवर्तन भइसकेको...' सर्वोच्चको आदेशमा भनिएको छ ।
विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा चयन भएको केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्ने निर्वाचन आयोगको निर्णय बदर गराई पाऊँ भन्ने मागसहित देउवा र खड्काले रिट दायर गरेका थिए ।
सो रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय सुवेदी र निरौलाको इजलासले शुक्रबार राति यस्तो फैसला गरेको हो ।
बिहीबारदेखि नै शुरू भएको सुनुवाइ शुक्रबार सकिएर फैसला आएको हो ।
सर्वोच्चले के भन्यो ?





