२८ जेठ २०८३, बिहीबार

सोमबारको विनिमयदर- मेरिकी डलर एकको खरिददर १४८ रूपैयाँ ३९ पैसा

बैशाख ७, २०८३
काठमाडौं
सोमबारको विनिमयदर- मेरिकी डलर एकको खरिददर १४८ रूपैयाँ ३९ पैसा

नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रूपैयाँ  ३९ पैसा र बिक्रीदर १४८ रूपैयाँ   ९९ पैसा तोकिएको छ । 

यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रूपैयाँ   ५६ पैसा र बिक्रीदर १७५ रूपैयाँ  २६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०० रूपैयाँ   ५७ पैसा र बिक्रीदर २०१ रूपैयाँ   ३८ पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १८९ रूपैयाँ   ७९ पैसा र बिक्रीदर १९० रूपैयाँ   ५६ पैसा कायम गरिएको छ ।     
     
अष्ट्रेलियन डलर एकको खरिददर १०६ रूपैयाँ   ३७ पैसा र बिक्रीदर १०६ रूपैयाँ   ८० पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रूपैयाँ  ३७ पैसा र बिक्रीदर १०८ रूपैयाँ   ८० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रूपैयाँ   ८३ पैसा र बिक्रीदर ११७ रूपैयाँ   ३० पैसा तोकिएको छ ।     
     
जापानी येन १० को खरिददर नौ रूपैयाँ   ३५ पैसा र बिक्रीदर नौ रूपैयाँ   ३९ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रूपैयाँ   ७७ पैसा र बिक्रीदर २१ रूपैयाँ   ८५ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३९ रूपैयाँ   ५६ पैसा र बिक्रीदर ३९ रूपैयाँ   ७२ पैसा, कतारी रियाल एकको खरिददर ४० रूपैयाँ   ७० पैसा र बिक्रीदर ४० रूपैयाँ   ८६ पैसा कायम भएको छ ।     
     
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ   ६५ पैसा र बिक्रीदर चार रूपैयाँ   ६६ पैसा, युएई दिराम एकको खरिददर ४० रूपैयाँ   ४० पैसा र बिक्रीदर ४० रूपैयाँ   ५६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रूपैयाँ   ५४ पैसा र बिक्रीदर ३७ रूपैयाँ   ७० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रूपैयाँ   ११ पैसा र बिक्रीदर १० रूपैयाँ   १६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रूपैयाँ   १९ पैसा र बिक्रीदर १६ रूपैयाँ   २६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रूपैयाँ   ३६ पैसा र बिक्रीदर २३ रूपैयाँ   ४५ पैसा तोकिएको छ ।     
     
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ   ९५ पैसा र बिक्रीदर १९ रूपैयाँ   ०२ पैसा, कुवेती दिनार एकको खरिददर ४८४ रूपैयाँ   ३८ पैसा र बिक्रीदर ४८६ रूपैयाँ   ३४ पैसा, बहराइन दिनार एकको खरिददर ३९३ रूपैयाँ   ६१ पैसा र बिक्रीदर ३९५ रूपैयाँ   २० पैसा, ओमनी रियाल एकको खरिददर ३८५ रूपैयाँ   ९३ पैसा र बिक्रीदर ३८७ रूपैयाँ   ४९ पैसा रहेको छ । यस्तै,भारतीय रूपैयाँ   एक सयको खरिददर १६० रूपैयाँ   र बिक्रीदर १६० रूपैयाँ   १५ पैसा तोकिएको छ ।     
     
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।     
 

salt training

कमेन्ट गर्नुहोस्