०९ साउन २०८३, शनिबार
विवाद सल्टाउने प्रयास

कांग्रेसले पूर्णबहादुरलाई सोधिएको स्पष्टीकरण फिर्ता लिने

बैशाख ७, २०८३
काठमाडौं
कांग्रेसले पूर्णबहादुरलाई सोधिएको स्पष्टीकरण फिर्ता लिने

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिने भएको छ ।

सार्वजनिक रूपमै 'अदालतको फैसला मान्छु, अब कार्यवाहक लेख्दिनँ' भनिसकेकाले स्पष्टीकरणको पत्र फिर्ता लिने तयारी भएको समिति स्रोतले लोकान्तरलाई जानकारी दियो ।

'उहाँले सार्वजनिक रूपमा अब कार्यवाहक लेख्दिनँ भनिसक्नुभएको छ । यो नै एउटा स्पष्टीकरण हो,' स्रोतले लोकान्तरसँग भन्यो, 'त्यसैले स्पष्टीकरणको पत्र फिर्ता लिने तयारी भएको हो ।'

सर्वोच्च अदालतले शुक्रबार गगनकुमार थापा नेतृत्वको वर्तमान कार्यसमितिलाई वैधता दिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्