२४ असार २०८३, बुधबार

कांग्रेस संसदीय दलको नेता चयन शुक्रबार

बैशाख ७, २०८३
काठमाडौं
कांग्रेस संसदीय दलको नेता चयन शुक्रबार
फाइल फोटो

नेपाली कांग्रेस संसदीय दलको नेता चयन ११ गते शुक्रबार मात्र हुने भएको छ ।

दलको नेता चयन गर्नका लागि सहमहामन्त्री प्रकाश रसाईली स्नेहीको नेतृत्वमा निर्वाचन समिति गठन भएको छ ।

उक्त समिति सदस्य मुना भुसालका अनुसार दलको नेता ११ वैशाखमा मात्र चयन गर्ने निर्णय भएको हो ।

यसका लागि १० गतेबाट प्रकृयाको थालनी हुने पनि उनले बताइन् ।

भुसालका अनुसार ९ गते संसदीय दलको बैठक बस्ने छ र संसदीय दलको विधानको विषयमा बाँकी रहेका विषयहरूलाई टुंगोमा पुर्‍याइने छ ।

salt training

कमेन्ट गर्नुहोस्