
रूससँग सम्बन्ध नवीकरण गर्न आह्वान गर्ने र युरोपेली सङ्घका आलोचक बुल्गेरियाका पूर्वराष्ट्रपति रुमेन राडेभको दलले संसदीय चुनावमा पूर्ण बहुमत प्राप्त गरेको छ ।
झण्डै ९८ प्रतिशत मत गणनासँगै सोमबार सार्वजनिक मतपरिणामले रादेनको दललाई बहुमत आउने स्पस्ट भइसकेको छ भने यससँगै देशको आधा दशकको राजनीतिक अनिश्चितताको अन्त्य हुनसक्ने सम्भावना देखिएको छ ।
युरोपेली सङ्घको सबैभन्दा गरिब सदस्य बुल्गेरियाले सन् २०२१ देखि आठ पटक निर्वाचनको अनुभव गरेको छ । बुल्गेरियामा भएको भ्रष्टाचार विरोधी प्रदर्शनको बलमा लामो समयदेखि सत्तामा रहनुभएका युरोपेली समर्थक नेता बोयको बोरिसोभको कन्जरभेटिभ प्रशासनलाई अपदस्थ गरेको थियो ।
निर्वाचन परिणाम पूर्णरूपमा घोषणा भइनसकेको भएपनि क्रेमलिनले राडेभको दललाई मिलेको सफलताका लागि राडेभको प्रशंसा गरेको छ।
“स्पष्ट रूपमा हामी राडेभका मस्कोसँगको घनिष्ठ सम्बन्ध र केही अन्य युरोपेली नेताहरूले वार्ताको माध्यमबाट मुद्दाहरू समाधान गर्ने प्रतिबद्धताको बारेमा आएका भनाइको समर्थन गर्छौँ,” क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने ।