२० असार २०८३, शनिबार

हर्क साम्पाङको ३३ बुँदे प्रतिवद्धतापत्र- सैन्य रणनीतिक सम्झौता नगर्ने, अभिव्यक्ति स्वतन्त्रता ग्यारेन्टी

बैशाख ८, २०८३
काठमाडौं
हर्क साम्पाङको ३३ बुँदे प्रतिवद्धतापत्र- सैन्य रणनीतिक सम्झौता नगर्ने, अभिव्यक्ति स्वतन्त्रता ग्यारेन्टी

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले ३३ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् ।

काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै साम्पाङले विदेशी हस्तक्षेपबाट मुक्त, एमसीसी र एसपीपी जस्ता सैन्य रणनीतिक सम्झौता गर्न नहुनेलगायतका विषयमा प्रतिवद्धता जनाएका हुन् ।​

'असंलग्न परराष्ट्र नीतिलाई कायम र सुदृढ गर्दै देशलाई विदेशी हस्तक्षेपबाट मुक्त; एमसीसी, एसपीपी, बफर स्टेटजस्ता सन्धि सम्झौता, तालमेल र सैन्य रणनीति र युद्धसँग प्रत्यक्ष या परोक्ष जोड्‌ने जोडिने अवस्था र घोषणा गर्ने कार्य नगर्ने !,' उनको प्रतिबद्धतापत्रमा भनिएको छ, 'सीमा रक्षामा जोड दिने ! छिमेकी मुलुकहरूसँग नियमित छलफल निरीक्षण र निर्माण गरी सीमाको रक्षा गरी सबै मुलुकसँग जोडिएका सीमावर्ती क्षेत्रमा सेवा सुरक्षाको प्रत्याभूति गर्ने ! सेनालाई सीमा रक्षामा लगाउने ! अवैध तरिकाले भइराखेको निर्माण कार्यहरू रोक्ने/रोक्न लगाउने।'​

यस्तै उनले कम्तीमा एक पालिका एक उद्योग, एक परिवार एक रोजगारको नीति लागू गर्ने बताएका छन् ।​

यस्तै उनले लोकतन्त्रलाई बलियो बनाउन मर्यादित र स्वतन्त्र पत्रकारिता र नागरिकको अभिव्यक्ति स्वतन्त्रता ग्यारेन्टी गर्ने बताएका छन् ।

यस्तो छ उनको ३३ बुँदे प्रतिवद्धतापत्र : 

nullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्