![प्रतिनिधिसभा नियमावलीमा असंसदीय शब्दबारे व्याख्या [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/samsad_new_2_1_jbJPwrxPMs.jpg)
प्रतिनिधिसभा सञ्चालन नियमावली २०८३ को मस्यौदा तयार भएको छ । मस्यौदा तयार पार्न सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सांसद गणेश पराजुलीको नेतृत्वमा समिति गठन भएको थियो । उक्त समितिले मस्यौदा तयार पारेको हो ।
समितिले तयार पारेको मस्यौदामा पहिलो पटक संसद्मा असंसदीय शब्दबारे व्याख्या भएको छ । यस्तो भाषा सांसदले आफ्नो सम्बोधनको क्रममा बोल्न नपाउने भएका छन् ।
‘संसदीय शब्द भन्नाले अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्ने, भेदभाव गर्ने, मर्यादा घटाउने, अप्रमाणित आरोप लगाउने, भौगोलिक भेदभाव झल्कने गरी बोलेको शब्दलाई असंसदीय शब्द सम्झनु पर्छ‚’ नियमावलीको परिभाषामा समेटिएको छ ।
यस्तै, कार्य व्यवस्था परामर्श समिति सदस्यको संख्या पनि घटाइने भएको छ । यसअघिको नियमावलीमा २१ सदस्यीय कार्य व्यवस्था परामर्श समिति रहने व्यवस्था रहेको थियो । त्यसलाई घटाएर १५ सदस्यमा झार्ने गरी मस्यौदा तयार भएको हो ।
मस्यौदा अनुसार आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले १५ दिनभित्र दिन सकिने व्यवस्था गरिएको छ । यसअघि यो समय सात दिन तोकिएको थियो ।
हेर्नुहोस् नियमावलीको पूर्णपाठ :