
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि गृहमन्त्री सुधन गुरुङको राजीनामा माग्दै नाराबाजी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार अपरान्ह सिंहदरबार पुगेका उनीहरूले ‘गृहमन्त्री राजीनामा दे’ भन्दै नाराबाजी गरेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी पवन कुमार भट्टराईका अनुसार नाराबाजी गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनले भने,‘नाराबाजी गर्नेलाई नियन्त्रणमा लिइसकेका छौं, अहिले अवस्था सामान्य छ ।’
पक्राउ पर्नेमा नेपाली कांग्रेस निकट विद्यार्थीहरू रहेका छन् ।
नेविसंघका केन्द्रीय सदस्य भुवन भट्ट, सीटीईभीटी अध्यक्ष कुम्मराज देउवा, नविन बिष्ट, आकाश देवकोटा, सुशील ऐडी र विशाल बीसी पक्राउ परेका हुन् ।
विवादास्पद व्यसायीसँग सम्बन्ध रहेको, व्यावसायिक साझेदारी गरेको र सम्पत्ति विवरणमा शेयरको विषय लुकाएको भन्दै गृहमन्त्री गुरुङमाथि राजीनामाको दबाब छ ।
तर, उनले सामाजिक सञ्जालमार्फत् एक टिप्पणी जारी गर्दै राजीनामा नदिने बताएका छन् ।