
सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य (प्युठान)लाई नियुक्त गरेको हो ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा आचार्यका साथै सदस्यहरूमा नवराज सिम्खडा (धादिङ) र रोशनबहादुर शाक्य (ललितपुर)लाई नियुक्ति र मनोनयन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए ।
यस्तै, सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ ।
जसमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र भुवनकुमार दाहाल (काठमाडौं) सदस्य रहने छन् ।