
चिकित्सकको लापरबाहीले गीता पाण्डेको मृत्यु भएको भन्दै पीडित परिवार र आफन्तले अस्पताल घेराउ गरेका छन् ।
गर्भपतन गराउने क्रममा पाल्पाको रिब्दीकोट गाउँपालिका–२ ख्या की पाण्डेको आइतबार बुटवलमा निधन भएको थियो ।
पीडित परिवार र आफन्तले मंगलबार इँटाभट्टी लाइनस्थित खत्री नर्सिङ होममा घराउ गर्दै डाक्टर डीबी खत्रीलाई कारबाहीको माग गर्दै नाराबाजी गरेका हुन् ।
नियमित चेकजाँच गर्दै आएको खत्री नर्सिङले गीतालाई जोनल फार्मेसीमा रिफर गरेको थियो । जोनलबाट इन्दुलेखा स्वास्थ्य क्लिनिकमा रिफर गरिएपछि गर्भपतन गर्दा उनको निधन भएको थियो ।
डाक्टर र स्वास्थ्यकर्मीको चरम लापरबाहीले निधन भएको भन्दै कडा कारबाही हुनुपर्ने उनका श्रीमान् प्रकाश पाण्डेले बताए ।
पढ्नुहोस्, यो पनि- गर्भपतनका लागि अस्पताल चहार्दा-चहार्दै अस्ताइन् २९ वर्षीया गीता