२३ जेठ २०८३, शनिबार

एनआईसी एसिया बैंक र एभरेष्ट हस्पिटलबीच छुट सम्झौता

बैशाख ९, २०८३
काठमाडौं
एनआईसी एसिया बैंक र एभरेष्ट हस्पिटलबीच छुट सम्झौता

एनआईसी एसिया बैंक लिमिटेड र एभरेष्ट हस्पिटल प्रालिबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा विशेष छुट प्रदानका लागि सम्झौता भएको छ । 

उक्त समझदारी पत्रमा बैंकको तर्फबाट चिफ ट्रान्जेक्सन बैंकिङ्ग नरेन्द्र मैनाली र एभरेष्ट हस्पिटलका तर्फबाट प्रशासन प्रमुख दीपकचन्द्र बरालले हस्ताक्षर गरेका छन् ।

समझदारीपश्चात् बैंकका ग्राहकहरूले नयाँ बानेश्वर, काठमाडौंमा रहेको एभरेष्ट हस्पिटलमा उपलब्ध विभिन्न सेवाहरू (आउटसोर्स सेवाहरू, डाक्टर परामर्श र एम्बुलेन्स शुल्क बाहेक) उपयोग गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट सुविधा प्राप्त गर्नु सक्ने छन् । 

साथै, ग्राहकले अपरेसनमा ५ प्रतिशत र हस्पिटलको फार्मेसीबाट औषधि खरिद गर्दा १० प्रतिशत छुट सहुलियत पाउने बैंकका ब्रान्डिङ एन्ड मिडिया डिपार्टमेन्ट प्रमुख धिरेन्द्रप्रसाद वाग्लेले जानकारी दिए ।

उनका अनुसार यस सुविधाको उपयोग गर्न ग्राहकहरूले बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग एप (मोबैंक) प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ ।

उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहकलाई स्वास्थ्य उपचारमा विशेष सहुलियत हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास बैंकको छ ।

salt training

कमेन्ट गर्नुहोस्