
दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा एक पत्रकारको मृत्यु भएको छ । बुधबार गरिएको कारबाहीमा उनको मृत्यु भएको हो ।
लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) का अनुसार लेबनानको अल अख्बर अखबारकी अमल खलील आफ्नो पत्रकारिताको काम गर्ने क्रममा मारिएकी हुन्। मार्चदेखि लेबनानमा इजरायलद्वारा मारिने उनी चौथो मिडियाकर्मी हुन् ।
लेबनानी अधिकारीहरूका अनुसार इजरायलले दक्षिणी लेबनानको तैरी शहरमा आक्रमण गरेको हो । हवाई आक्रमणले नाबातीह जिल्लामा धेरै मानिसहरूलाई घाइते बनाएको समाचारमा उल्लेख छ ।
इजरायल र हिज्बुल्लाहबीचको लडाइँ रोक्न गत शुक्रबारदेखि जारी रहेको कमजोर युद्धविरामको समयमा आक्रमणहरू भएका हुन् ।