२९ असार २०८३, सोमबार
मन्त्रिपरिषद्को निर्णय

एडीबीबाट ११५ मिलियन ऋण लिन सरकारले बनायो वार्ता टोली

बैशाख १०, २०८३
काठमाडौं
एडीबीबाट ११५ मिलियन ऋण लिन सरकारले बनायो वार्ता टोली

नेपाल सरकारले एसियाली विकास बैंकबाट ११५ मिलियन डलर बराबरको ऋण लिने विषयलाई अन्तिम रूप दिन वार्ता टोली गठन गरेको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एडीबीको ११५ मिलियन डलर सहुलियतपूर्ण ऋण सहायता सम्बन्धी वित्तीय सम्झौता तथा अन्य सम्बन्धित दस्तावेजलाई अन्तिम रूप दिने विषयमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा टोली गठन गर्ने निर्णय गरेको हो । 

‘इन्ट्रिगेटेड वाटर सप्लाइ एन्ड सेभरेज म्यानेजमेन्ट सेक्टर प्रोजेक्टका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने ११५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता सम्बन्धी वित्तीय सम्झौता तथा अन्य सम्बन्धित दस्तावेजलाई अन्तिम रूप दिने विषयमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ’, प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरलेले बैठकपछि सञ्चारकर्मीलाई भने ।

salt training

कमेन्ट गर्नुहोस्