०८ साउन २०८३, शुक्रबार

सिंहदरबारमा संविधान संशोधन कार्यदलको बैठक

बैशाख १०, २०८३
काठमाडौं
सिंहदरबारमा संविधान संशोधन कार्यदलको बैठक

सरकारले गठन गरेको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’को बैठक बसेको छ । 

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छ । बिहीबारको बैठक कार्यदलको दोस्रो बैठक हो ।

बैठकमा राजनीतिक दलका लिखित धारणा समेतका आधारमा पहिचान भएका संविधान संशोधनका मुद्दा र कार्यदलको आगामी कामकारबाहीका प्रस्तावित कार्ययोजनाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारले प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वको संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल गठन गरेको थियो । 

null

null

salt training

कमेन्ट गर्नुहोस्