२८ जेठ २०८३, बिहीबार

पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

बैशाख ११, २०८३
काठमाडौं
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् ।

सार्वजनिक खरिद प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर गरेको प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई शुक्रबार पक्राउ गरेको हो ।​​

सरकारी बोलपत्रको वेबसाइटमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्का हात पारेको आरोपमा उनलाई पक्राउ गरिएको सीआईबीका ​एआईजी मनोज केसीले जानकारी दिए ।

राप्रपा नेता पाण्डे कालिका कन्स्ट्रक्सनका मालिक समेत हुन् ।

उनी २०७९ सालमा शहरी विकास मन्त्री भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्