०८ साउन २०८३, शुक्रबार

एसियन बीच गेम्स : नेपालसँगै बङ्गलादेश पनि सेमिफाइनलमा, समूह विजेताको टुङ्गो आइतबार

बैशाख १२, २०८३
काठमाडौं
एसियन बीच गेम्स : नेपालसँगै बङ्गलादेश पनि सेमिफाइनलमा, समूह विजेताको टुङ्गो आइतबार

चीनको सान्यामा जारी छैटौँ एसियन बीच गेम्सको महिला कबड्डीमा नेपालसँगै बंगलादेश पनि सेमिफाइनलमा पुगेको छ ।

बंगलादेशले शनिबार खेलिएको खेलमा चाइनिज ताइपेईलाई ५९–२० अंकले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

त्यसअघि, शनिबार नै खेलिएको खेलमा नेपाली टोलीले थाइल्यान्डलाई ४९–३३ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।

समूह ‘बी’ तालिकामा चार अंकसहित नेपाल पहिलो र समान अंक बटुलेको बङ्गलादेश दोस्रो स्थानमा छन् । थाइल्यान्ड र चाइनिज ताइपेई भने समूहगत चरणबाटै बाहिरिएका छन् ।

नेपाल र बंगलादेश एक खेलअगावै सेमिफाइनलमा पुगेका हुन् । नेपाल र बंगलादेशबीच आइतबार खेल हुँदैछ । त्यो खेलपछि समूह विजेताको टुङ्गो लाग्नेछ ।

उक्त खेलमा विजयी हुने टोली समूह विजेताका रूपमा र पराजित हुने टोली उप–विजेताका रूपमा सेमिफाइनलमा पुग्नेछन् ।

समूह ‘ए’ बाट भने भारत पहिलो र श्रीलंका दोस्रो हुँदै सेमिफाइनलमा पुगेका छन् । समूह विजेता बनेमा नेपालले सेमिफाइनलमा श्रीलंकाको सामना गर्नेछ ।

समूह उप–विजेता बने नेपालले भारतसँग सेमिफाइनल खेल्नेछ । सेमिफाइनलमा पुग्ने चारवटै टोलीको कम्तीमा कास्य पदक पनि पक्का भइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्