
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ ।
समिति सचिव दिनेश थापा मगरले आज सोमबार दिउँसो २ बजेका लागि बैठक बस्ने जानकारी छन् ।
बैठक पार्टी कार्यालय सानेपा ललितपुरमा बस्नेछ ।
बैठकमा कारबाहीसँग सम्बन्धित विषयमा छलफल र निर्णय हुने बताइएको छ ।
यसअघि समितिले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ७ दिनको समय दिएर स्पष्टीकरण सोधेको थियो ।
उक्त समय गुज्रिसकेको छ भने खड्काले स्पष्टीकरण बुझाएका छैनन् ।