०७ साउन २०८३, बिहीबार

महेश बस्नेतकी श्रीमती र शोभा पाठकबीच माइतीघरमा भुतलाभुतल

बैशाख १४, २०८३
काठमाडौं
महेश बस्नेतकी श्रीमती र शोभा पाठकबीच माइतीघरमा भुतलाभुतल
सरकारो वकिल कार्यालय जाने क्रममा शोभा पाठक । फाइल तस्वीर ।

काठमाडौंको माइतीघर मण्डलमा एमाले सचिव महेश बस्नेतकी पत्नी अम्बिका र  बस्नेतमाथि बलात्कार आरोप लगाएकी शोभा पाठकबीच भुतलाभुतल भएको छ ।

सोमबार माइतीघरमा उनीहरूबीच हात हालाहालत भएको हो । दुई जनाको झगडा छुट्याएर प्रहरीले अम्बिका र शोभालाई नै जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेको छ । 

शोभा पाठक, रश्मिला धामी लगायतका युवतीहरू माइतीघरमा सुधन गुरुङलाई पुर्नवहाली गर्नुपर्ने भन्दै धर्नामा बसिरहेका बेला महेशकी श्रीमती अम्बिका दलबलसहित आएर शोभालाई भुत्ल्याउन थालेको आरोप लगाइएको छ । 

परिसरका प्रवक्ता एवंं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार दुवैको झगडा छुट्याएर अहिले परिसरमा लगिएको छ । 

शोभा पाठक केही दिनअघि महेश बस्नेतलाई कारबाही हुनुपर्ने भन्दै अनशन बसेकी थिइन् । तत्कालीन गृहमन्त्री सुधन गुरुङ उनलाई भेट्न पुगेका थिए । सुधनले पदबाट राजीनामा दिएसँगै शोभाले पनि अनशन तोडिन् ।

कमेन्ट गर्नुहोस्