
३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बेलका नगरपालिका ४ गौरीशंकर शिवालय टोल बस्ने ४५ वर्षीय हरि आचार्य छन् । उनलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो ।
हरिले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।