०८ साउन २०८३, शुक्रबार

मध्यपूर्वको द्वन्द्वले भारतीय कपास उद्योगलाई लाभ

बैशाख १५, २०८३
काठमाडौं
मध्यपूर्वको द्वन्द्वले भारतीय कपास उद्योगलाई लाभ

मध्यपूर्वमा जारी तनाव र ढुवानी मार्गमा आएको अवरोधबीच भारतीय कपास धागो उद्योगले ठूलो सफलता प्राप्त गरेको छ । इरानसँगको द्वन्द्वका कारण इन्धन र आपूर्ति श्रृंखला प्रभावित हुँदा विश्वका अन्य देशबाट चीनतर्फ हुने कपासको आपूर्तिमा कमी आएको छ, जसले गर्दा भारत चीनका लागि प्रमुख र सुलभ स्रोत बनेको रोयटर्सले जनाएको छ । 

विशेष गरी गुजरातका कताई मिलहरू अहिले पूर्ण क्षमतामा सञ्चालन भइरहेको समाचारमा उल्लेख छ । 

फियोटेक्स कोटस्पिनजस्ता ठूला उद्योगहरूले आफ्नो निर्यात अर्डरमा ४० प्रतिशतको वृद्धि भएको र आगामी जुनसम्मका लागि अर्डर बुक भइसकेको जनाएका छन् । चिनियाँ युआनको तुलनामा भारतीय रुपैयाँ कमजोर हुँदा भारतीय उत्पादन सस्तो पर्नु र अन्य देशबाट हुने ढुवानीमा ढिलाइ हुनुले यो माग बढाएको हो । 

गुजरात चेम्बर अफ कमर्सका अनुसार, पहिले महिनाको औसत ३०० कन्टेनर धागो चीन जाने गरेकोमा अहिले १५०० कन्टेनर पुग्न थालेको छ।

salt training

कमेन्ट गर्नुहोस्