२० असार २०८३, शनिबार

क्रियाशील सदस्यता नवीकरण गर्न कांग्रेसले दियो एक हप्ताको समय

बैशाख १७, २०८३
काठमाडौं
क्रियाशील सदस्यता नवीकरण गर्न कांग्रेसले दियो एक हप्ताको समय

नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता ‘इन्ट्री’ गर्न एक साताको समय दिएको छ । पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक एवं महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले 
नवीकरण शुल्क र नयाँ सदस्यता शुल्कसहित केन्द्रीय कार्यालयको ‘सिस्टम’मा प्रविष्ट नभएका जिल्ला र क्षेत्रको हकमा एक हप्ताको समय दिने निर्णय गरेको हो । 

बैठकले १५औँ महाधिवेशनका लागि जिल्ला कार्यसमितिबाट नवीकरण र प्रतिनिधिसभा क्षेत्रबाट नयाँ क्रियाशील सदस्यता ‘डिजिटल सिस्टम’मा प्रविष्ट गरी शुल्कसहित केन्द्रीय कार्यालयमा बुझाएका जिल्ला छुट्याउने निर्णय गरेको छ ।

यसैगरी, जनसम्पर्क समितिको हकमा केन्द्रीय समितिले गरेको व्यवस्थाबमोजिम अनलाइन क्रियशील सदस्यता भर्ने व्यवस्थालाई निरन्तरता दिने निर्णय गरिएको छ ।

नेपाली नागरिकता भएका व्यक्तिका लागि जनसम्पर्क समिति सदस्यता र कांग्रेसको क्रियाशील सदस्यता उपलब्ध गराउन आवश्यक व्यवस्था गर्नुका साथै अन्यको हकमा कांग्रेसको विधान २०१७ (एघारौँ संशोधनसहित) बमोजिम व्यवस्था गरिएको छ ।

विभिन्न कारणले रिक्त रहेका वडा सभापतिहरूको हकमा कांग्रेसको डिजिटल प्रणालीमा क्रियाशील सदस्यता अद्यावधिक गर्न जिल्ला/क्षेत्र/केन्द्रीय प्रतिनिधि/वडा कार्यसमितिले आफूमध्येबाट तोकेको व्यक्तिमार्फत अद्यावधिक गराउन सक्ने निर्णयसमेत गरिएको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्ण्णप्रसाद दुलालले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्