०३ असार २०८३, बुधबार
अध्यादेशको असर

राजीनामा दिने तयारीमा त्रिविका पदाधिकारी

बैशाख १७, २०८३
काठमाडौं
राजीनामा दिने तयारीमा त्रिविका पदाधिकारी

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले राजीनामा दिने तयारी गरेका छन् ।

बालेन्द्र शाह नेतृत्वको सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्नेगरी अध्यादेश अघि बढाएपछि त्रिविका पदाधिकारीले राजीनामा दिने तयारी गरेका हुन् ।

सरकारले विगतमा राजनीतिक रूपमा नियुक्ति र मनोनयन भएका सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिसकेको छ । 

तर, राष्ट्रपति पौडेलले यसमा निर्णय गरिसकेका छैनन् । स्रोतका अनुसार त्रिविका उपकुलपति प्राडा. दीपक अर्याल, शिक्षाध्यक्ष प्राडा. खड्ग केसी र रजिस्ट्रार प्राडा. केदारप्रसाद रिजालले राजीनामा दिने तयारी गरेका हुन् । यसका लागि उनीहरू आन्तरिक छलफलमा जुटेका छन् । 

बिहीबार बिहान मात्र त्रिविका पदाधिकारीको बैठक बसेको थियो । उनीहरूले विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री बालेन शाहलाई राजीनामापत्र बुझाउनेछन् । 

salt training

कमेन्ट गर्नुहोस्