![ज्याकारान्डाले वैजनी बन्यो काठमाडौं उपत्यका [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Jacaranda_blossoms_ktm_2_uTHXufeqQn.jpg)
काठमाडौं उपत्यका यतिबेला वैजनी रंगले सजिएको छ। विभिन्न स्थानमा फुलेका ज्याकारान्डा फूलले उपत्यकाको सौन्दर्य झन् बढाएका छन् ।
शहरका मुख्य सडक किनारका ठूला रुखहरूमा ढपक्क फुलेका ज्याकारान्डाले काठमाडौंलाई आकर्षक बनाएका हुन् । यी फूलहरूको वैजनी आभाले वसन्त ऋतुलाई अझै रंगीन र रमाइलो बनाएको छ ।
दरबारमार्ग, रत्नपार्क, सुन्धारा, सिंहदरबार, सातदोबाटो र गौशालालगायत क्षेत्रमा ज्याकारान्डा फुलेर शहरको दृश्य नै फेरिएको छ ।
ज्याकारान्डा नेपालमा रैथाने फूल भने होइन । मध्य तथा दक्षिण अमेरिकाबाट उत्पत्ति भएको यो फूल भारत हुँदै नेपाल भित्रिएको मानिन्छ ।
विशेषगरी भारतमा काम गर्ने नेपाली (लाहुरे)मार्फत यो फूल नेपाल ल्याइएको विश्वास गरिन्छ ।














