१० साउन २०८३, आइतबार

जेनजी आन्दोलनमा कारागारबाट भागेर वृद्ध दम्पतीमाथि आक्रमण, एक महिनापछि पक्राउ परे सञ्जय

बैशाख १७, २०८३
काठमाडौं
जेनजी आन्दोलनमा कारागारबाट भागेर वृद्ध दम्पतीमाथि आक्रमण, एक महिनापछि पक्राउ परे सञ्जय

गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका एक व्यक्तिले नवलपरासीमा वृद्ध दम्पतीमाथि आक्रमण गरेको खुलेको छ ।

देवचुली नगरपालिका-१६ बस्ने ७५ वर्षीय जीवनराम थनेत र उनकी श्रीमती ७१ वर्षीया गुलवसनिया थनेतलाई आक्रमण गरेको आरोपमा बागलुङको गलकोट नगरपालिका-९, बासकोट घर भई हाल काठमाडौंको सुकेधारा बस्ने ३१ वर्षीय सञ्जय विकलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले गत चैत २३ गते थनेत दम्पतीमाथि आक्रमण गरेका थिए । त्यसक्रममा उनले लवसनिया थनेतले घाँटी र कानमा लगाएको सुनका गरगहना समेत लुटि भागेका थिए । उपचारका क्रममा जीवनरामको पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको थियो भने गुलवसनियाको उपचार भइरहेको छ । 

घटनापछि फरार रहेका विकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले यही वैशाख १६ गते बुधबार सुकेधाराबाट पक्राउ गरेको हो । उनीमाथि काठमाडौं  जिल्ला अदालतबाट ७ दिनको म्याद थप लिएर अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । 

पक्राउ परेका विकको साथबाट ३ लाख ७५ हजार नगर, मोबाइल ३ वटा, नेपाल टेलिकम र एनसेलको ४/४ वटा सिम बरामद भएको सीआईबीले जनाएको छ ।

उनी यसअघि पनि हत्या, लुटपाट र चोरी घटनामा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीविरुद्ध २०७२ असारमा जिल्ला प्रहरी कार्यालय, कास्कीमा चोरी मुद्दा दर्ता भएको पाइएको छ ।

यसैगरी, २०८० मंसिर ५ गते एक महिलाको हत्या गरी लुटपाट गरेको घटनामा वडा प्रहरी कार्यालय बैदाम, कास्कीमा ज्यान सम्बन्धी कसुर र डाँका मुद्दामा अनुसन्धानपश्चात मिति २०८१ साउन २९ गते देखि पुर्पक्षका लागि कास्की कारागारमा थुनामा रहेका थिए । 

तर गत भदौ २४ गतेको जेनजी आन्दोलनको मौकामा उनी कास्की कारागारबाट भागेर फरार भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्