२४ जेठ २०८३, आइतबार
अध्यात्मदर्शन

महाभारत ज्ञानमाला : कुरुराज परीक्षितको मृत्यु- दैवी श्राप कि योजनाबद्ध राजनीतिक हत्या ? [भिडियो]

बैशाख १९, २०८३
काठमाडौं

महाभारतको आदिपर्वमा कुरुवंशी राजा परीक्षितसम्बन्धी एउटा रहस्यमय प्रसङ्ग भेटिन्छ । एक पटक उनी आखेटका लागि गएका रहेछन्, वनमा छलिएर एक्लै परेछन् । तिर्खा लागेर पानी खोज्दै जाँदा त्यतै पर कतै एउटा ऋषिको आश्रम देखिएकाले त्यतै गएर पानी मागेछन् तर, त्यतिबेला ऋषि ध्यानमग्न थिए । न उनले राजा आएको चाल पाए न उनको कुरा नै सुने ।

राजाले दोर्‍याएर पानी माग्दा पनि त्यसको वास्ता नभएपछि राजालाई लाग्यो यो ऋषिले समाधिको अभिनय गरेर मेरो अपमान गर्दै छ । त्यसैले दण्डस्वरूप एउटा मृत सर्पलाई उनको गलामा झुण्ड्याएर हिँडेछन् । त्यतिबेला उनका पुत्र श्रृङ्गी कतै गएका थिए । आउँदा बाबुको घाँटीमा मृत सर्प झुण्डिएको देखेर उनले सहन सकेनन् र श्राप दिँदै भने– ‘जसले मेरो बाबुको गलामा मृतसर्प झुण्ड्याउने काम गरेको हो उसलाई आजको सातौँ दिनमा तक्षक नागले डसेर मार्नेछ भन्ने श्राप दिए ।

यो कुरा थाहा पाएपछि राजाले सुरक्षाका लागि गङ्गाको किनारमा स्तम्भ (भवन) निर्माण गर्न लगाई बस्न लागे, जहाँ अनुमतिबिना हावाबाहेक अन्यको प्रवेश असम्भव थियो । तैपनि तक्षकले राजाले खाने फलभित्र कीराको रूपमा प्रवेश गरी उनलाई डसेर मारेछ ।

यद्यपि राजाले विष झार्ने वैद्य कश्यपलाई पनि बोलाउन लगाएका थिए तर, उनलाई तक्षकले केही धनको प्रलोभन दिएर बीचबाटै फर्काइदिएका थिए । के यो कथामात्र हो ? कि यस सानो पौराणिक प्रसङ्गभित्र ठूलो वैज्ञानिक र ऐतिहासिक रहस्य लुकेको छ ? आजको भिडियोमा हामी यसैलाई चिरफार गर्न जाँदैछौँ ।

हेर्नुहोस् भिडियो

salt training

कमेन्ट गर्नुहोस्