२९ जेठ २०८३, शुक्रबार

पार्टीमा समस्या बल्झाउने होइन, समाधान गरेर जानुपर्छ भन्नेमा जिम्मेवार नेताहरूको भूमिका रहोस् : गगन थापा

बैशाख १९, २०८३
काठमाडौं
पार्टीमा समस्या बल्झाउने होइन, समाधान गरेर जानुपर्छ भन्नेमा जिम्मेवार नेताहरूको भूमिका रहोस् : गगन थापा
फाइल फोटो

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर लैजान आफू प्रतिबद्ध रहेको बताएका छन् ।

नेता दमन पोखरेलको जीवनीमा आधारित पुस्तक विमोचन तथा स्मृति कार्यक्रममा शनिबार सभापति थापाले पार्टी भित्र देखिएका समस्यालाई समाधान गरेर जानुपर्ने बताए । त्यसका लागि जिम्मेवार नेताहरू पनि भूमिका खेल्नुपर्ने उनले बताए ।

‘सबैलाई समेटेर लिएर जानुपर्ने कुराहरूको सन्दर्भमा मैले थप त्यसमा काम गर्छु । तर मैले के अपेक्षा गर्छुभनेँ- पार्टीका जिम्मेवार नेताहरूले पनि यो समस्या बल्झाउने मात्र होइन, समस्यालाई समाधान नै गरेर जानुपर्छ भन्ने कुराहरूको सन्दर्भमा उहाँहरूको पनि भूमिका रहोस् भन्ने कुराको पनि अपेक्षा गर्छु । आफ्नै घर हो, आफ्नै पार्टी हो, यसलाई मिलाएर लिएर जान सकिन्छ,' उनले भने ।

सभापति थापाले सार्वजनिक पदमा रहेका कांग्रेसका प्रतिनिधिलाई सुशासन कायम गर्न निर्देशन दिए । ‘स्थानीय तह र प्रदेश सरकारमा जिम्मेवारीमा रहेका कुनै पनि व्यक्तिले एक सुका पनि तलमाथि गरेको कुरा स्वीकार्य हुँदैन, सुशासनका सन्दर्भमा पार्टीले शून्य सहनशीलताको नीति लिनेछ,' उनले भने ।

कमेन्ट गर्नुहोस्