११ असार २०८३, बिहीबार

अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा शुरू गर्छौं : प्रचण्ड

बैशाख २०, २०८३
रुकुम पश्चिम
अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा शुरू गर्छौं : प्रचण्ड
फाइल फोटो

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन् ।

आज मुसिकोट नगरपालिका–१० खर्सुपानीमा आयोजित शहीद कामी बुढा स्मृति पार्क उद्‌घाटन कार्यक्रममा उनले सबै कम्युनिस्टहरू एकताबद्ध भएर क्रान्तिको सपना पूरा गरिने बताए ।

'हामी समाजवादको यात्रामा अगाडि बढ्ने भनेर लागिरहेका छौं, त्यसका लागि विभिन्न कम्युनिस्ट समूह एकताबद्ध भएर समाजवादको एउटा नयाँ यात्रा शुरू गर्न नेकपा बनाएका छौं । अब बाँकी रहेका कम्युनिस्टलाई पनि एकताबद्ध गर्छौं,' उनले भने ।

उनले पछिल्ला उपलब्धिलाई थप व्यवस्थित गर्न शान्ति सम्झौता र संविधानसभा पक्षधर सबै राजनीतिक दललाई मिलाएर अगाडि बढाइने बताए ।

salt training

कमेन्ट गर्नुहोस्