
ओपनर ब्याट्सम्यान आसिफ शेखले आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलामा ओमान विरुद्धको खेलमा अर्धशतक बनाएका छन् ।
२४ वर्षीय विकेटकिपर ब्याट्सम्यान आसिफले ६६ बलको सामना गरी एक छक्का र पाँच चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन् ।
आसिफले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो १४औँ अर्धशतक पनि हो । ६६औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेलिरहेका उनले यो ढाँचाको क्रिकेटमा एउटा शतक पनि बनाएका छन् ।
यो अर्धशतकसँगै दायाँहाते ब्याट्सम्यान आसिफले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको रन संख्या पनि एक हजार सात सय ५३ पुगेको छ ।
आसिफले सन् २०२१ को सेप्टेम्बर ७ तारिखमा पपुवा न्यू गिनी (पीएनजी)विरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए ।
ओमानविरुद्धको जारी खेलमा आसिफ शेखले अर्जुन कुमालसँग दोस्रो विकेटका लागि ९० रनको साझेदारी गरिसकेका छन् । अर्जुन ३९ रन बनाउँदै क्रिजमा छन् ।
त्यसअघि ओपनर विनोद भण्डारी खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । नेपालले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।