
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
जसअनुसार आज अमेरिकी डलर १ को खरिद दर १५१ रुपैयाँ ०८ पैसा र बिक्री दर १५१ रुपैयाँ ६८ पैसा कायम भएको छ।
त्यसैगरी, युरोपियन युरो १ को खरिद दर १७८ रुपैयाँ ०५ पैसा र बिक्री दर १७८ रुपैयाँ ७५ पैसा रहेको छ। बेलायती पाउण्ड स्टर्लिङ १ को खरिद दर आज २०६ रुपैयाँ ०४ पैसा र बिक्री दर २०६ रुपैयाँ ८६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
यसैगरी कतारी रियाल १ को खरिद दर ४१ रुपैयाँ ४५ पैसा र बिक्री दर ४१ रुपैयाँ ६१ पैसा कायम भएको छ। साउदी रियाल १ को खरिद दर ४० रुपैयाँ २७ पैसा र बिक्री दर ४० रुपैयाँ ४३ पैसा रहँदा संयुक्त अरब इमिरेट्स (यूएई) को दिराम १ को खरिद दर ४१ रुपैयाँ १४ पैसा र बिक्री दर ४१ रुपैयाँ ३० पैसा पुगेको छ। मलेसियन रिंगिट १ को खरिद दर ३८ रुपैयाँ ४९ पैसा र बिक्री दर ३८ रुपैयाँ ६४ पैसा तोकिएको छ।
यसैगरी, अष्ट्रेलियन डलर १ को खरिद दर १०९ रुपैयाँ ७० पैसा र बिक्री दर ११० रुपैयाँ १३ पैसा रहेको छ भने क्यानेडियन डलर १ को खरिद दर १११ रुपैयाँ ०९ पैसा र बिक्री दर १११ रुपैयाँ ५३ पैसा कायम भएको छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ६९ पैसा र बिक्री दर ९ रुपैयाँ ७३ पैसा रहँदा चिनियाँ युआन १ को खरिद दर २२ रुपैयाँ १८ पैसा र बिक्री दर २२ रुपैयाँ २७ पैसा रहेको छ।
दक्षिण कोरियाली वन १०० को खरिद दर १० रुपैयाँ ४७ पैसा र बिक्री दर १० रुपैयाँ ५१ पैसा कायम गरिएको छ। कुवेती दिनार १ को खरिद दर ४९३ रुपैयाँ २४ पैसा र बिक्री दर ४९५ रुपैयाँ २० पैसा पुगेको छ भने बहराइन दिनार १ को खरिद दर ४०० रुपैयाँ र बिक्री दर ४०१ रुपैयाँ ५९ पैसा रहेको छ।