३० जेठ २०८३, शनिबार

पश्चिम बंगालमा भाजपा नेता शुभेन्दु अधिकारीका पीएको हत्या

बैशाख २४, २०८३
काठमाडौं
पश्चिम बंगालमा भाजपा नेता शुभेन्दु अधिकारीका पीएको हत्या

पश्चिम बंगालको परगना जिल्लाको मध्यमग्राममा भारतीय जनता पार्टी (भाजपा)का नवनिर्वाचित सांसद शुभेन्दु अधिकारीका पीए चन्द्रनाथ रथको गोली हानी हत्या भएको छ । मंगलबार राति दोहरिया क्षेत्रमा मोटरसाइकलमा आएका आक्रमणकारीहरूले अधिकारीका पीए चन्द्रनाथको गोली हानी हत्या गरेका हुन् ।

लामो समयदेखि त्रिणमूल कांग्रेस नेता ममता बनर्जीको निकट सहयोगी भएर काम गरेका शुभेन्दु अधिकारीले हालैको विधानसभा निर्वाचनमा भाजपा प्रवेश गरी ममतालाई नै हराइदिएका थिए ।

पश्चिम बंगाल विधानसभा निर्वाचनमा भाजपाले २०६ सिटसहित दुई तिहाइ बहुमत हासिल गर्दै राज्यमा पहिलो पटक सरकार बनाउने तयारीमा छ । त्यही बेला चर्चित नेता अधिकारीका पीएको गोली हानी हत्या भएको हो ।

अधिकारीका पीए चन्द्रनाथ रथ सवार कारमाथि अन्धाधुन्ध गोली प्रहार भएको थियो । गम्भीर घाइते अवस्थामा उनलाई अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले मृत घोषणा गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्