२८ जेठ २०८३, बिहीबार

होल्डिङ सेन्टरमा विस्थापितको बास, कस्तो छ अवस्था ?

व्यववस्था राम्रै छ, तर अडिएन मन !
बैशाख २४, २०८३
काठमाडौं
होल्डिङ सेन्टरमा विस्थापितको बास, कस्तो छ अवस्था ?

सरकारले खोला किनारका सुकुम्बासी बस्ती हटाएपछि सयौँ परिवार अहिले उपत्यकाको विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका छन् । यसरी होल्डिङ सेन्टरमा बस्दै आएकाहरूले तत्काल उचित बसोबास र रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

होल्डिङ सेन्टरमा खाना बस्न राम्रो भए पनि उनीहरूको मन त्यहाँ अडिन सकेको छैन् । बस्दै आएको घरमा डोजर चलेपछि होल्डिङ सेन्टरमै बस्दै आएका उनीहरूले छिटो उचित बसोबास व्यवस्था गर्नु पर्ने माग राख्दै आएका छन् ।

सरकारले घर टहरा भत्काउनुअघि पर्याप्त सूचना वा समय नदिएको उनीहरूको गुनासो समेत छ । 'कम्तीमा केही दिन समय दिएको भए सामान निकाल्न सक्थ्यौँ,' भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र होल्डिङ सेन्टरमा बस्दै आएकी ७१ वर्षीय कान्छी थापाले भनिन् । 

पुरानो ठेगाना धादिङ भए पनि २०-२२ वर्ष देखि गैरीगाउँको सुकुम्बासी बस्ती नै उनको स्थायी ठेगाना थियो, त्यहाँ डोजर चलेसँगै उनी अहिले घरबार र ठेगानाविहीन भएकी छन् । उनीसँग अहिले ज्यानको एक सरो लुगाबाहेक केही छैन ।

सानोतिनो व्यापार गरेर दुःख-सुख गरी बनाएको टहरामा डोजर चल्दा होल्डिङ सेन्टरको कोठा अहिले उनको ठेगाना भएको छ । उनी भन्छिन्, 'सरकारले तत्काल उचित बसोबास र रोजगारीको व्यवस्था मिलाइदिन पर्‍यो । यसरी घरबारविहीन बनाउनु हामी अन्य देशको नागरिक हो र नेपालीको नागरिक भएर जाने कहाँ ?'

null

शंखमुलबाट विस्थापित भएका वीरबहादुर तामाङका बुबा २०३० सालमा शंखमुल बस्तीमा बस्न पुगेका थिए । वीरबहादुरका बुबा आमा त्यही बिते, बुबाआमाको काजक्रिया त्यही गरेका वीरबहादुरले अहिले घरविहीन भएका छन् । सानै भए पनि दुःख गरी बनाएको घरमा डोजर चल्दा उनीहरूको परिवार नै छुट्टिएर बस्नु परेको छ। छोराछोरी, नातिनातिना गरी १३ जनाको परिवार छ। 
वीर बहादुरको छोरा बुहारी र नातिनातिना ललितपुरको लुभुतिर कोठा खोजी बस्न गएको उनले बताए । परिवारसँग हाँसीखुसी बस्दै आएका वीरबहादुर र सानु मायालाई होल्डिङ सेन्टरको कोठामा त्यति निन्द्रा पर्दैन, नातिनातिनाको याद र भविष्यको चिन्तालाई उनीहरूलाई सुत्न दिँदैन ।

null

वर्षौँदेखि खोलाकिनारमा बस्दै आएका यी परिवारहरू आफूहरू बाध्यतावश त्यहाँ बस्नुपरेको बताउँछन्। 'हामी रहरले बसेका होइनौँ, विकल्प नभएर बसेका थियौं,' बल्खुबाट विस्थापित भएकी मञ्जु तामाङले भनिन् ।  
श्रीमानले  अर्को विवाह गरेपछि तीन सन्तान हुर्काउनकै लागि २ वर्ष इराक र ५ वर्ष साउदी बसेकी मञ्जुले कमाएको जति सबै घर बनाउन खर्च गरेकी थिइन्, अहिले उनीसँग केहि छैन । 

बुबा आमा बितेपछि एक्ली भएकी गीता तामाङ होल्डिङ सेन्टरमा प्राय निरास देखिन्छिन्।  उमेरले ५६ वर्ष टेकिसक्दा पनि उनको नागरिकता अझैसम्म बनेको छैन। बल्खु बस्तीबाट विस्थापित उनले उनीजस्ता गरिब, बेसाहारा नागरिकलाई उचित व्यवस्था गरी दिन सरकारसँग माग गर्छिन् ।

null

टेकु बंशिघाटबाट विस्थापित ८१ वर्षीय जगत सुनार र उनको श्रीमती ७६ वर्षीय लक्ष्मी सुनारको माग सरकारले छिटो र उचित व्यवस्थापनको छ । २०५९ सालदेखि त्यहाँ बस्दै उनीहरू अहिले घरविहिन भएका छन् ।

बल्खु सुकुम्बासी बस्तीबाट विस्थापित रोजिना खातुन अहिले २५ वर्षकी भइन् । सानै उमेरमा बुबा गुमाएकी उनको अहिलेसम्म नागरिकता बन्न सकेको छैन । दुःख-सुख गरी आमाले ११ कक्षासम्म पढाएको उनले बताइन् । 

null

यसरी सुकुम्बासी बस्तीबाट विस्थापित भएका धेरैजसो परिवारमा साना बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगी सदस्य रहेकाछन्। केहीले दैनिक ज्यालादारी गरेर गुजारा चलाउँदै आएका थिए भने कतिपय साना पसल वा ठेला व्यवसायमा निर्भर थिए। बस्ती हटाइएपछि उनीहरूको आयआर्जनसमेत पूर्ण रूपमा रोकिएको छ

null

उनीहरूको मुख्य मागमा तत्काल अस्थायी आवास (टहरा वा शिविर), खाद्यान्न तथा आधारभूत सेवा, दीर्घकालीन रूपमा सानो जग्गा उपलब्ध गराई पुनर्स्थापना, र जीविकोपार्जनका लागि रोजगारी वा साना व्यवसायमा सहुलियतपूर्ण ऋण समावेश छन्।

nullnullnullnullnullnullnullnull

तस्वीर : नेपाल फोटो लाइब्रेरी 

salt training

कमेन्ट गर्नुहोस्