२२ असार २०८३, सोमबार

नेपालको वैकल्पिक क्रिकेट टीमले बलियो टोली स्कटल्यान्डलाई हरायो

बैशाख २४, २०८३
काठमाडौं
नेपालको वैकल्पिक क्रिकेट टीमले बलियो टोली स्कटल्यान्डलाई हरायो

आईसीसी विश्वकप लीग टु सिरिजअघिको अभ्यास खेलमा नेपालको वैकल्पिक टीम (नेपाल ए)ले स्कटल्यान्डलाई पराजित गरेको छ ।

मूलपानी क्रिकेट ग्राउन्डमा बिहीबार सम्पन्न खेलमा नेपाल ए ४५ रनले विजयी भयो । २७८ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १० बल अगावै २३२ रनमा अलआउट भयो । 

स्कटल्यान्डका लागि फिनाली म्याकक्रेथले सर्वाधिक ५२, ज्याक जार्भिसले ४५ र मार्क वाटले ३७ रनको योगदान गरे ।

नेपालका रसिद खानले ३, साहब आलम, युवराज खत्री र बसिर अहमदले २/२ तथा कुशल मल्लले १ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७७ रन जोडेको थियो । 

नेपालका लागि देव खनालले सर्वाधिक ६३, मयान यादवले ४५, सन्दीप जोराले ३४, पवन शर्राफले ३१ र दीपक डुम्रेले २३ रन बनाएका थिए ।

स्कटल्यान्डको टीम नेपाल र अमेरिकासँग ली टु सिरिज खेल्न काठमाडौं आएको हो । लिग टुका खेल आगामी साता किर्तिपुरमा हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्