
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय विमानस्थल निर्माणको क्रममा अनियमितता भएको भन्दै चिनियाँ ठेकेदार कम्पनीविरुद्ध भ्रष्टाचार मुदा दायर गरेको छ ।
अख्तियारले पूर्वअर्थमन्त्री, नेपाल सरकारका तत्कालीन सचिव, नागरिक उड्डयन प्राधिकरणका अधिकारी र चिनियाँ ठेकेदार कम्पनीका प्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
चाइना सीएएमसी इन्जिनियरिङ कर्पोरेशन लिमिटेड, त्यसका अध्यक्ष वाङ बो र प्रोजेक्ट म्यानेजर याङ जियाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।
चिनियाँ कम्पनीलाई दोहोरो लाभ पुग्नेगरी कर, महसुल तथा अन्य शुल्क छुट दिइ सार्वजनिक सम्पत्ति हिनामिना गरिएको भन्दै अख्तियारले ३ अर्ब ६२ करोड बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले बिहीबार पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पूर्वसचिव शंकर अधिकारी र महेश्वर न्यौपाने लगायतलाई प्रतिवादी बनाइ भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
पोखरा विमानस्थल अनियमिततामा यसअघि गत चैत ८ गते यही कम्पनीविरुद्ध ४६ करोड १५ लाखको भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
पढ्नुहोस् यो पनि- पोखरा विमानस्थल अनियमितता : चिनियाँ कम्पनीविरुद्ध ४६ करोडको भ्रष्टाचार मुद्दा