
भारतको तमिलनाडुमा सरकार गठनबारे अझै सस्पेन्स जारी छ। थलापति विजयको पार्टी, टीभीकेले अझै सरकार गठनको लागि निमन्त्रणा पाएको छैन ।
तमिलनाडुका राज्यपालले अभिनेता विजयको पार्टीलाई पहिले बहुमतको संख्या प्रदर्शन गर्न आग्रह गरेका छन्। थलापति विजयले राज्यपालसँग दुई पटक भेट गरिसकेका छन्, तर दुवै पटक सरकार गठनको अनुमति नपाएको भारतीइ सञ्चार माध्यमहरूले जनाएका छन् ।
तमिलनाडु विधानसभा चुनावमा आफ्नो करिश्मा प्रदर्शन गर्ने थालपति विजयले शंका गरिरहेका छन् । अब, टीभीकेलाई शंका छ कि एआईएडीएमके र डीएमके दुवै मिलेर सरकार बनाउने प्रयास गरिरहेका छन्, जबकि सबैभन्दा धेरै मत प्राप्त गर्ने पार्टीलाई बहिष्कार गरिएको छ।
अभिनेता विजयको टीभीकेले तमिलनाडु विधानसभा चुनावमा १०८ सिट जितेको छ, जसमध्ये दुई विजयले जितेका थिए । टीभीकेका १०७ विधायक छन् र पार्टीको तर्क छ कि, सबैभन्दा ठूलो दलको रूपमा सरकार बनाउने पहिलो मौका पाउनु पर्छ।

यसअघि, राज्यपाल आरभी आर्लेकरले आवश्यक संख्याको अभाव रहेको भन्दै अभिनेता विजयलाई सरकार बनाउने दाबी गर्न अनुमति दिन अस्वीकार गरेका थिए ।
राज्यपालले बहुमत प्राप्त गर्ने विजयको योजनालाई अस्वीकार गरे । समाचारअनुसार, दुई दिनमा भएको दोस्रो बैठकमा राज्यपालले अभिनेता-राजनीतिज्ञ विजयलाई ११८ विधायकहरूको समर्थन पत्र पेश गर्न माग गरे ।
राज्यपालको यो निर्णयको पनि आलोचना भएको छ। टीभीके, कांग्रेस र अन्य नेताहरूले बहुमत लोकभवनमा प्रमाणित नभएर भुइँमा प्रमाणित हुने बताएका छन् ।