२६ जेठ २०८३, मंगलबार

स्रोत नखुलेको नगदसहित २ जना पक्राउ

बैशाख २५, २०८३
बाँके
स्रोत नखुलेको नगदसहित २ जना पक्राउ

बाँकेको नेपालगन्ज उपमहानगरपालिका- ३ एकलैनीबाट स्रोत नखुलेको ६ लाख भारतीय रुपैयाँसहित २ जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा ​नरैनपुर गाउँपालिका- ५ बस्ने २९ वर्षीय वीरबल कुम्हार र सोही गाउँपालिका- ४ बस्ने ३८ वर्षीय मुनिफ खाँ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्