२४ असार २०८३, बुधबार

अध्यादेशमार्फत न्यायपालिका प्रभावित गर्न खोजिएको बारको आरोप

बैशाख २५, २०८३
काठमाडौं
अध्यादेशमार्फत न्यायपालिका प्रभावित गर्न खोजिएको बारको आरोप

नेपाल बार एशोसिएशनले सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्दै न्यायपालिकालाई कार्यपालिकाको प्रभावमा पार्न खोजेको आरोप लगाएको छ ।

बारले शुक्रबार विज्ञप्ति जारी गर्दै संवैधानिक परिषद्सम्बन्धी ऐनलाई अध्यादेशमार्फत संशोधन गरी संविधानको मर्मविपरीत काम गरिएको जनाएको हो । संसद् अधिवेशन छलेर ल्याइएको अध्यादेशले जनताको सार्वभौम अधिकार र संसद्को अधिकारमाथि गम्भीर उल्लंघन गरेको बारको ठम्याइ छ ।

विज्ञप्तिमा सरकारले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत न्यायपालिकामा दीर्घकालीन असर पार्ने गरी सिफारिस गरेको उल्लेख छ । अध्यादेशको आधारमा गरिएको सिफारिसले न्यायकर्मीलाई भयभीत बनाउने प्रयास भएको बारले जनाएको छ ।

बारले प्रशासकीय अदालत, श्रम अदालत र वैदेशिक रोजगार न्यायाधिकरणमा कार्यरत सदस्यलाई राजीनामा दिन दबाब दिइएको भन्दै त्यसलाई स्वतन्त्र न्यायपालिकामाथिको हस्तक्षेप भनेको छ ।

संविधान र संवैधानिक मूल्यमान्यताविपरीतका कार्य तत्काल रोक्न सरकारसँग आग्रह गर्दै बारले स्वतन्त्र न्यायपालिकाको रक्षामा आफू अडिग रहने जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्