३० जेठ २०८३, शनिबार

हर्मुजमा अमेरिकी–इरानी सेनाबीच तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दाबी

बैशाख २५, २०८३
काठमाडौं
हर्मुजमा अमेरिकी–इरानी सेनाबीच तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दाबी

हर्मुज जलमार्ग क्षेत्रमा अमेरिकी र इरानी सेनाबीच पुनः तनाव बढेको छ । दुवै पक्षबीच गोली हानाहान भएको दाबी गरिएको भए पनि युद्धविराम भने अझै कायम रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

इरानी सञ्चारमाध्यमका अनुसार बिहीबार रातिको गोलीबारीपछि शुक्रबार पनि दुवैतर्फबाट आक्रमण भएको रिपोर्ट आएको छ । घटनामा कुन पक्षले पहिला गोली चलाएको भन्ने स्पष्ट भएको छैन ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रोममा पत्रकारसँग कुरा गर्दै वाशिङ्टनले इरानको जवाफ पर्खिरहेको बताएका छन् ।

यसैबीच इरानले अमेरिकामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ । इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी सेनाले तेल ट्याङ्कर र जलमार्ग क्षेत्रमा आक्रमण गरेको दाबी गरेको छ ।

अमेरिकाले भने आत्मरक्षाका क्रममा इरानी आक्रमणको जवाफ दिएको दाबी गरेको छ । राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा इरानी पक्षलाई ठूलो क्षति पुर्‍याइएको र केही साना डुङ्गा नष्ट गरिएको उल्लेख गरेका छन् ।

पछिल्ला घटनाले हर्मुज क्षेत्रमा पुनः युद्धविराम भङ्ग हुने आशंका बढाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्