२८ जेठ २०८३, बिहीबार

क्रियाशील सदस्यता डिजिटल प्रणालीमा अद्यावधिक गर्न कांग्रेसको आग्रह

बैशाख २६, २०८३
काठमाडौं
क्रियाशील सदस्यता डिजिटल प्रणालीमा अद्यावधिक गर्न कांग्रेसको आग्रह

नेपाली कांग्रेसले क्रियाशील सदस्यता डिजिटल प्रणालीमार्फत् अद्यावधिक गर्न आग्रह गरेको छ । 

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले शनिबार विज्ञप्तिमार्फत् कांग्रेसले १५औं महाधिवेशनका लागि क्रियाशील सदस्यता डिजिटल प्रणालीमार्फत् अद्यावधिक गर्ने कार्य देशभरका ६७४३ वटै वडामा उत्साहपूर्वक भइरहेकाले क्रियाशील सदस्यता अद्यावधिक गर्न आग्रह गरेका हुन् ।

उनका अनुसार कांग्रेसले आफ्नो आधिकारिक मोबाइल नम्बर केन्द्रीय कार्यालयको आधिकारिक नम्बर ९७०१२५५५५५ मा सूचीकृत गराउन आग्रह गरेको छ।

वडा सभापतिमार्फत् हुने सदस्यता अद्यावधिक प्रक्रिया सूचीकृत मोबाइल नम्बरमार्फत् अझ सहज र छिटो हुने जारी विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्