०४ साउन २०८३, सोमबार

कांग्रेसले अब सबै कार्यक्रममा डेढ मिनेटमै आसन ग्रहण सक्ने

बैशाख २६, २०८३
काठमाडौं
कांग्रेसले अब सबै कार्यक्रममा डेढ मिनेटमै आसन ग्रहण सक्ने

नेपाली कांग्रेसले आसन ग्रहण केवल डेढ मिनेटमा सक्ने गरी नयाँ परम्परा थालनी गरेको छ l​

राजनीतिक दलहरूको सार्वजनिक कार्यक्रममा भद्दा ढंगले आसन ग्रहणको ताँती रहने र एक घण्टासम्म पनि चल्ने गरेको परम्परा भत्काउँदै कांग्रेसले आसन ग्रहण केवल डेढ मिनेटमा सक्नेगरी नयाँ परम्परा थालेको हो ।

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सुदूरपश्चिमको धनगढीमा दुई दिन चल्ने गरी आज दिउँसो १२.३५ मा प्रारम्भ भएको प्रदेश स्तरीय कार्यक्रमको आसन ग्रहण डेढ मिनेटमै सकिएको छ l

कार्यक्रमको सभापतिका रूपमा प्रदेश प्रतिष्ठानका प्रमुख जनकराज चौधरी र प्रमुख उपस्थितिका रूपमा सभापति गगन थापाको आसन ग्रहणपछि अन्य नेतृत्व सबैको सामूहिक आसन गराइएको थियो l​

प्रतिष्ठानका सदस्य डा. डीबि सुनारका अनुसार प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले प्रतिष्ठानको केन्द्रीय बैठकमा प्रस्ताव गरेर पारित गरे बमोजिम अब पार्टीको सबै तहको कार्यक्रममा केवल डेढ मिनेटमा आसन ग्रहण सक्ने गरी सबै तहलाई प्रेरित गर्ने गरी केन्द्रीय कार्यक्रम बाट नै यो शुरूआत गरिएको हो l

सार्वजनिक कार्यक्रम वा आन्तरिक बैठक तोकिएकै समयमा शुरू गर्नुपर्ने नियम धनगढीबाट कार्यान्वयनमा ल्याइएको हो । यो नियम जेठ १ देखि लागू हुनेछ l

धनगढीमा सार्वजनिक सूचना बमोजिम ठीक १२.३५ मै शुरू गरिएको थियो l 

प्रतिष्ठानका अनुसार अब सबै प्रदेशको उद्‌घाटन कार्यक्रम १२.३५ मै प्रारम्भ हुनेछ l

salt training

कमेन्ट गर्नुहोस्