
धनुषामा आइतबार बिहान बस दुर्घटना भएको छ ।
दुर्घटनामा चालकसहित १७ जना घाइते भएका छन् ।
मिथिला नगरपालिका-९ फुटबल ग्राउन्ड नजिकै पूर्वपश्चिम राजमार्गमा काठमाडौंबाट विराटनगरका लागि छुटेको बागमती प्रदेश ०१-००६ ख ५२३७ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
बसले अर्को बसलाई ओभरट्याक गर्ने क्रममा अनियन्त्रित भई पल्टिँदा बसमा सवार ३३ जनामध्ये १७ जना घाइते भएको धनुषा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेहरूको मोडल अस्पताल लालगढ धनुषामा उपचार भइरहेको छ ।