१५ असार २०८३, सोमबार

भारतको ३.६ करोड सहयोगमा कैलालीको सिद्धनाथ माविको भवन बन्दै

बैशाख २८, २०८३
काठमाडौं
भारतको ३.६ करोड सहयोगमा कैलालीको सिद्धनाथ माविको भवन बन्दै

भारत सरकारको ३.६ करोड (नेरू) आर्थिक सहयोगमा कैलालीमा एक विद्यालय भवन बन्ने भएको छ ।

धनगढी उपमहानगरपालिका-१२ मा रहेको सिद्धनाथ माध्यमिक विद्यालयको भवन निर्माणका लागि भारत सरकारले उक्त सहयोग गरेको हो । विद्यालय भवनको सोमबार भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव नारायण सिंहले शिलान्यास गरे ।

विद्यालय भवनको निर्माण कार्य उच्च प्रभाव सामुदायिक विकास परियोजना धनगढी उपमहानगरपालिका, कैलालीमार्फत कार्यान्वयन गरिने भारतीय दूतावासले जनाएको छ । 

शिलान्यास कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल तथा अन्य सरोकारवालाले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरे ।

उनीहरूले नयाँ संरचनाले धनगढी उपमहानगरपालिका, कैलालीका विद्यार्थी र शिक्षकका लागि सिकाइको वातावरण सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । 

null

नजिकका छिमेकीको रूपमा भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ । 

उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्ने दूतावासले जनाएको छ । 

null
 

salt training

कमेन्ट गर्नुहोस्